नेकपा (एस)ले भोलि मन्त्रीको टुंगो लगाउने, यी चार मन्त्रालय पायो

बिहीबार, असोज २१, २०७८

काठमाडौं : 

नेकपा (एकीकृत समाजवादी)ले भोलि सरकारमा सहभागी हुने मन्त्री नामको टुंगो लगाउने भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले टुंगो लगाउने निष्कर्ष निकालेको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

पार्टीले आज महासचिव बेदुराम भुसालको संयोजकत्वमा ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । ‘सरकारमा चार वटा मन्त्रालयका मन्त्री भोलि बस्ने केन्द्रीय सचिवाय बैठकले निर्णय गर्ने छ,’ उनले भने ।

उनका अनुसार पार्टीले शहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र श्रम मन्त्रालयका कुराकानी भइरहेको छ ।

उनले भोलि वा पर्सीसम्म मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिए । उनले दलहरुबीच मन्त्रालय बाडफाँडमा चार मन्त्रालयमा चित्त बुझाउनु परेको उनको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  २१:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार