एनआरएनए आईसीसी महिला संयोजकमा उमा कार्की थापाको उम्मेदवारी 

बिहीबार, असोज २१, २०७८

काठमाडौं : 

गैरआवासीय नेपाली संघ (एनआरएनए)को आईसीसी महिला संयोजकमा उमा कार्की थापाले उम्मेदवारी घोषणा गरेकी छन् । 

अमेरिकामा रहँदै आएकी उनले आसन्न एनआरएनएको महाधिवेशनमा आईसीसी महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् । 

गणेश तीर्थ फाउण्डेसनकी अध्यक्षसमेत रहेकी उनी  एनआरएन अमेरिकाको २०१९–२०२१ को क्षेत्रीय महिला संयोजक हुन् । एनआरएनए अमेरिकाको २०१७–२०१९ को उपाध्यक्ष रहेकी उनी एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजक पनि भइसकेका छिन् ।

एनआरएनएको टाक्सफोर्सको पूर्वसदस्य उमा वेष्ट अमेरिका नेप्लिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन् । अमेरिका नेपाल एकता समाजकी पूर्वउपाध्यक्ष तथा अध्यक्ष उमा सन् २००८–२०१२ सम्म साउथ एसिएन नेटवर्कमा पनि आवद्ध रहिन् । 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  २१:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार