भारत भ्रमणमा  रहेको नेपाली कांग्रेसको टोली भेटघाटमा व्यस्त

बिहीबार, असोज २१, २०७८

 काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा राजनीति भेटघाट सुरु गरेको छ । भारत पुगे लगत्तै नेपाली टोलीले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डासँग भेटवार्ता गरेको थियो । भेटमा दुई पार्टीबीचको सम्बन्ध विस्तारका बारेमा सौहार्द कुराकानी भएको नेपाली टोलीमा सहभागी कांग्रेस नेता उदय शम्शेर जबराले जानकारी दिएका छन् । दुई पक्षीय भेटमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले र नेता डा. आश्विन जोहर सहभागी थिए । कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको प्रतिनिधिमण्डल भारत भ्रमणमा छ । 

सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणमा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली नयाँ दिल्ली प्रस्थान गरेको हो । यो भ्रमणलाई नेपाल र भारतबीचको सम्बन्ध सुधारका रुपमा लिइएको हो ।

भ्रमण टोलीमा पूर्वराज्यमन्त्री उदयशमशेर राणा र नेता अजय चौरसिया छन् । चार दिने सद्भाव भ्रमणका क्रममा नेताहरूले बिजेपीका सभापति, महासचिव तथा भारतका परराष्ट्र मन्त्रीलगायतसँग भेट्ने कार्यक्रम रहेको नेता राणाले बताए ।

दिल्ली प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेता महतले यो भ्रमणले नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्न सहयोग गर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  २०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार