स्वीडेनद्वारा ३० वर्ष भन्दा कम उमेरकाका व्यक्तिका लागि मोडेर्ना खोप स्थगित

बुधबार, असोज २०, २०७८

कोपेनहेगन (डेनमार्क) स्वीडेनका स्वास्थ्य अधिकारीहरूले बुधबार मोर्डनाको कोभिड–१९  विरुद्धको खोप ३० वर्ष वा सोभन्दा कम उमेरका मानिसहरूमा लगाउन बन्द गरेका छन् । 
अधिकारीहरूले उक्त खोप रोक्नुको कारण यसको ‘साइड इफेक्ट’ प्रमुख रहेको जनाएका छन् । मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण उक्त खोप लगाउन हाललाई स्थगित गरिएको छ ।  
स्वीडेनका प्रमुख महामारीविद् एन्डर्स टेगनेका अनुसार परिस्थितिलाई नजिकबाट नियालेर कोभिडविरुद्धको खोप पुनः लगाउन सकेसम्म सुरक्षाको सुनिश्चिता भएपछि छिटै आवश्यक कदम चालिनेछ ।  
गत जुलाईमा युरोपेली औषधि एजेन्सीले १२ देखि १७ वर्ष उमेर समूहका व्यक्तिलाई उक्त  खोप लगाउने अनुमति प्रदान गरेको थियो । युरोपेली युनियनका २७ देशहरूमा १८ वर्षमाथिका व्यक्तिहरूलाई सो खोप लगाउन गत जनवरीमा अनुमति प्रदान गरिएको थियो । यद्यपि यो खोप हालसम्म बालबालिकालाई लगाउन भने अनुमति दिइएको छैन ।– एपी
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार