सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । न्युजिल्यान्ड नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राज महर्जनले अस्ट्रेलिया र न्युजिल्यान्डसँग नेपालको दशकौँ पुरानो कूटनीतिक सम्बन्धलाई व्यापार, लगानी, पर्यटन र रोजगारीका अवसरमार्फत आर्थिक समृद्धिमा बदल्नुपर्ने बताएका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले ओसिनिया क्षेत्रलाई नेपालले आर्थिक कूटनीतिको प्राथमिकतामा राख्नुपर्ने बताए । अस्ट्रेलिया र न्युजिल्यान्डमा विस्तार हुँदै गएको नेपाली समुदायलाई रेमिट्यान्सको स्रोतमा मात्र सीमित नराखी लगानी, सीप, प्रविधि र व्यापारका साझेदारका रूपमा उपयोग गर्नुपर्ने उनको भनाइ छ । नेपालबाट चिया, कफी, पश्मिना, हस्तकला, जडीबुटी तथा सूचना प्रविधिसम्बन्धी सेवा निर्यात बढाउने र नेपाल–अस्ट्रेलिया प्रत्यक्ष हवाई सम्पर्क स्थापना गर्ने सम्भावनालाई पनि उनले जोड दिएका छन् । त्यस्तै, शिक्षा, स्वास्थ्य, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा ओसिनियाका राष्ट्रहरूसँग सहकार्य विस्तार गर्न सकिने उनले बताए । नेपाल र अस्ट्रेलियाबीच सन् १९६० तथा नेपाल र न्युजिल्यान्डबीच सन् १९६१ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।