विप्लव निकट ट्रेड युनियनको अध्यक्षमा थापा

बुधबार, असोज २०, २०७८

काठमाडौं : 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा विनोद थापाको नेतृत्वमा केन्द्रीय समिति गठन भएको छ । 

महासंघले काभ्रेमा १६ असोजा सुरु भएर १८ असोजमा सम्पन्न गरेको सातौँ राष्ट्रिय सम्मेलनले थापाको नेतृत्वमा ४५ सदस्यीय केन्द्रीय सदस्य समिति चयन गरेको जानकारी दिएको छ । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले नेपालको कानुन श्रमिकको विरुद्धमा भएको बताएका छन् । उनले योगदानमा आधारित सामाजिक सुरक्षा योजना ऐनका श्रमिक हितविरोधी प्रावधानहरू श्रम ऐन, २०४८ को दफा १४७ तत्काल खारेज गर्न माग गरेका छन् । 

श्रम ऐन राम्रो र उत्कृष्ट भनिए पनि मजदुरको समस्या जस्ताको त्यस्तै भएको उनको भनाइ छ । 

उनले कोरोना महामारीमा हजारौँ मजदुरहरू बेरोजगार भएको पनि सुनाए । नेपालको कानुन श्रमिकको हितमा नभएको उनको भनाइ थियो । मजदुरविरुद्धको प्रत्येक सरकारको कदमलाई आफूहरूको ट्रेड युनियनले असहयोग गर्ने उनको चेतावनी छ ।

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार