जनताको काम गर्न प्रदेशले केन्द्रको मुख ताक्ने होइन : सांसद शत्रुधन महतो

बुधबार, असोज २०, २०७८

जनकपुर । प्रदेश २ का सांसद शत्रुधन महताले आफ्ना जनताको काम गर्न केन्द्र सरकारको मुख ताक्न नहुने बताएका छन् ।  बुधबार प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले जनताको आवश्यकता पूरा गर्न केन्द्र सरकारलाई कुर्न नहुने बताए । ‘केन्द्र सरकारले गरेन भन्दैमा जनताको आवश्यकता पूरा नगर्ने भन्ने होइन । यसैका लागि संघीयतामा गएका हौँ । मलखादजस्ता आवश्यकता प्रदेश सरकारले पूरा गर्नुपर्छ’, उनले भने, जनताको काम गर्न केन्द्र सरकारलाई कुरिरहनुपर्दैन ।’ प्रदेश २ मा निकै भ्रष्टाचार र अनियमितता हुने गरेको भन्दै उनले यस्ता कार्यलाई रोक्नुपर्ने बताए । साइलक, बस, वारुणयन्त्र खरिदमा भएको अनियमितताबारे प्रदेश जनता जानकार रहेको भन्दै उनले यस्ता कार्यलाई रोकेर प्रदेशको विकास र समृद्धि गर्नुपर्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १४:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार