अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउँने 

मंगलबार, असोज १९, २०७८

क्यानबेरा (अष्ट्रेलिया) । अष्ट्रेलियाले अर्को वर्ष ९२०२२० सम्म बाह्य पर्यटकलाई नभित्र्याउने भएको छ । प्रधानमन्त्री स्कट मोरिसन मङ्गलबार बताएअनुसार कुशल आप्रवासी र विद्यार्थीलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । 
अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई कोभिड विरुद्धको दोस्रो मात्राको खोप लगाइसक्ने जनाएको छ ।  
गत हप्ता प्रधानमन्त्री मोरिसनले खोप लगाएका नागरिक र स्थायी बासिन्दालाई पहिलो पटक नोभेम्बरबाट विदेश उडान गर्न अनुमति दिने योजना सार्वजनिक गरेका थिए । 
गत वर्ष मार्चमा लिइएको सीमा प्रतिबन्धको निर्णयपछिको यो सीमा खुकुलो बनाउने पहिलो र महत्वपूर्ण निर्णय थियो । 
यसैबीच प्रधानमन्त्री मोरिसनले मङ्गलबार अष्ट्रेलियाली पछि स्वदेश प्रवेशकोअबको प्राथमिकता बाह्य पर्यटकभन्दा कुशल आप्रवासी र अन्तरराष्ट्रिय विद्यार्थी हुने बताएका छन् ।
अन्य देशबाट अष्ट्रेलिया प्रवेश गर्नेको सङ्ख्या दोस्रो विश्वयुद्धपछि सबैभन्दा कम कोभिड महामारी र यसबाट सृजित प्रतिबन्धका कारण भएको  हो । 
कोभिड महामारीले अष्ट्रेलियाली विश्वविद्यालयमा अत्यन्तै नकारात्मक असर पारेको छ । किनकि यहाँका प्रायः विश्वविद्यालय विदेशी विद्यार्थीले तिर्ने शुल्कमा निर्भर हुने गर्दछन् । 
जारी सीमा प्रतिबन्ध निरन्तर रहँदा अन्तरराष्ट्रिय विद्यार्थी अन्य मुलुकमा जानसक्ने  डरले यहाँका विश्वविद्यालय चिन्तित देखिन्छन्् ।
प्रधानमन्त्री मोरिसनले सेभेन नेटवर्क टेलिभिजनलाई भने, अर्को प्राथमिकता कुशल आप्रवासी हुन् जो देशका लागि धेरै महत्वपूर्ण छन्् र जसले पूर्णखोप पनि लगाएका छन् । साथसाथै अष्ट्रेलियामाअध्ययन गर्न आउने र अध्ययनपश्चत् फर्किने विद्यार्थी पनि त्यतिकै महत्त्वपूर्ण छन् ।
अष्ट्रेलियन पर्यटन निर्यात परिषद् जसले एक क्षेत्रको प्रतिनिधित्व गर्दछ त्यसले महामारीभन्दा पहिले अन्तरराष्ट्रिय पर्यटकबाटमात्र एक वर्षमा ४५ अर्ब अस्ट्रेलियन डलर कमाएको थियो । यस परिषद्ले मार्चसम्ममा सीमा प्रतिबन्ध हट्ने र बाह्य पर्यटकको आवागमनमा सहजता आउने अपेक्षा गरेको छ । अष्ट्रेलियाले कोभिड विरुद्धको खोप अभियानलाई तीव्र बनाइरहेको छ तर पनि सङ्क्रमण भने नियन्त्रणमा आइसकेको छैन ।–एपी

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  २०:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार