सयभन्दा बढी सङ्गीतकारले अफगानिस्तान छाडे 

मंगलबार, असोज १९, २०७८

सिड्नी । तालिबानले देश कब्जा गरेपछि काबुलबाट १०० भन्दा बढी सङ्गीतका विद्यार्थी र शिक्षकले अफगानिस्तान छाडेका छन्् । अफगानिस्तानको शीर्ष म्यूजिकल इन्स्टिच्युटका १०१ सदस्य सोमबार साँझ दोहा आइपुगेका छन् । उक्त समूहका अहमद सरमस्तले देशको नयाँ तेतृत्वबाट गीत(सङ्गीत क्षेत्रमा दमन हुन सक्ने भयले देश छाडेको जनाएका छन् । 
अफगानिस्तान नेशनल इन्स्टिच्युट अफ म्युजिकका संस्थापक सरमास्तले भने, ती महिला र केटीमध्ये लगभग आधा महिला र केटी त्यहाँको सरकारको सहयोगमा पोर्चुगल जाने योजनामा छन् ।
काबुलस्थित कतारी दूतावासको सहयोगमा सङ्गीतकारलाई सानो (सानो समूहमा विभाजित गराएर शहरको विमानस्थलसम्म पुर्याइएको थियो । तालिबानी लडाकुले काबुलमा कब्जा जमाएपछि तालिबानीले विमानस्थलको व्यवस्थापन गरिरहेका थिए । 
तालिबानीले महिला तथा बालबालिकालाई बाहिर जान अवरोध गरिरहेका थिए तर कतारी अधिकारीले भने त्यसको सहज व्यवस्थापन गरिदिएका थिए  ।  

अफगानिस्तानका केही विस्थापित घर फर्किन थाले
    
अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाबाट विस्थापित भएका कतिपय नागरिक घर फर्किन थालेका छन् ।  यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिक विस्थापित भएर बसेका थिए । पछिल्ला दिनमा उनीहरुको घर गाउँमा अवस्था सामान्य बन्दै गएपछि उनीहरु घर फर्किएको बादखसान प्रान्तका गभर्नर माल्भी अमेनुद्दिन मन्सुरले जानकारी दिएका छन् । 
उनका अनुसार अरु पनि सो प्रान्तबाट विस्थापित भएर अफगानिस्तानका विभिन्न भूभागमा पुगेका नागरिकले आफ्नो घर फर्किने तयारी गरिरहेको सूचना प्राप्त भएको छ ।  गत महिना भएको सत्ता विद्रोहका क्रममा भएका हिंसाका कारण यहाँका हजारौँ नागरिक घर छोडेर भागेका थिए ।– एएफपी
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  २०:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार