बेलायतमा कोरोना सङ्क्रमण बढ्दै, एकै दिन ३५ हजारभन्दा बढी सङ्क्रमित

मंगलबार, असोज १९, २०७८

लण्डन । बेलायतमा पछिल्ला केही दिनमा कोरोना भाइरसको सङ्क्रमण झन् बढेको छ ।  यहाँका स्वास्थ्य अधिकारीले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोना सङ्क्रमण कमी नआएको बताएका छन् ।  सरकारी अधिकारीले दिएको पछिल्लो जानकारीअनुसार थप ३५ हजार ७७ एकै दिनमा सङ्क्रमित भएका छन्् । बेलायतमा अहिलेसम्म कुल ७९ लाख ३४ हजार ९२५ सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
यहाँ पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मात्रै ३३ जनाको मृत्यु भएको अधिकारीले जानकारी दिएका छन्् । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३६ हजार ९८६ जनाको मृत्यु भएको छ ।  
बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत छन्् । बेलायतका १६ वर्ष माथिका झण्डै ९० प्रतिशत मानिसले कोरोना भाइरसविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन्् । 
त्यसैगरी करिब ८२ प्रतिशतले दुवै मात्रा खोप लगाएका पनि स्वास्थ्य मन्त्रालयलको तथ्याङ्कमा उल्लेख छ ।   यहाँ पछिल्ला दिनमा कम्तीमा पनि ३० हजार जनामा यो महामारीको प्रकोप  फैलिइरहेको देखिएको छ । यहाँका अधिकारीले बेलायतमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको पाइएको बताएका छन्् ।– सिन्ह्वा
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  २०:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार