जापानका नवनियुक्त प्रधानमन्त्रीलाई विश्वका नेताको बधाइ 

मंगलबार, असोज १९, २०७८

टोकियो । जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकोमा विश्वका नेताले उनलाई बधाइ ज्ञापन गरेका छन् । उनी सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाइ दिएका छन् । 
राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताएका छन् । साथै उनले आगामी आम निर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिएका छन् ।  त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई बधाइ दिनुभएको छ । उनले नवनियुक्त प्रधानमन्त्री किशिदाको समयमा चीन जापान सम्बन्ध राम्रो रहने बताएका छन् । 
त्यस्तै चिनियाँ प्रधानमन्त्रीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाइ सन्देश पठाएका छन् । उता नवनियुक्त प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आम निर्वाचनको तयारी पनि थालेका छन् । 
उनले देशको १००औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनको तयारी सुरु गर्ने घोषणा गरेका हुन् । 
उनले यही अक्टोबर ३१ मा जापानमा आम निर्वाचन गराउने तयारी गरेका छन् । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ मा सकिने भएकाले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको घोषणा गरेका हुन् ।
निर्वाचन गराउने प्रयोजन कै लागि उनले यही अक्टोबर १४ मा यहाँको संसद्को तल्लो सदन विघटन गर्नेछन् । सोही दिन देखि निर्वाचनको औपचारिक सुरुआतको घोषणा गर्नेछन् । 

नेपापलका प्रधानमन्त्री देउवाले पनि दिए जापानी प्रधानमन्त्रीलाई बधाई

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
 
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँग काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।–सिन्हवा
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार