भारतमा कोभिडबाट मृत्यु भएका व्यक्तिलाई दिने क्षतिपूर्ति अदालतद्वारा सदर

मंगलबार, असोज १९, २०७८

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार क्षतिपूर्ति दिने निर्णय सदर गरेको छ । वकिलहरुले कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवारलाई भारतको विपद् व्यवस्थापन कानुनअन्तर्गत दिइनुपर्ने माग गर्दै सर्वोच्चमा उजुरी गरेका थिए । सन् २००५ मा बनेको सो कानुनले विपद्मा मृत्यु भएमा परिवारलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । भारतमा कोभिडबाट अहिलेसम्म चार लाख ४७ हजार जनाको मृत्यु भइसकेको छ । तर सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा १० गुणा बढीको कोभिडबाट मृत्यु भएको हुन सक्ने विज्ञहरुले अनुमान गरेका छन् ।  न्यायाधीश एमआर साहले फैसला सुनाउँदै भने, ‘मृतकको सबभन्दा नजिकको नातेदारलाई सरकारले तोकेको क्षतिपूर्ति तिर्नुपर्नेछ । ’

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार