पार्टी महाधिवेशन राप्रपाका लागि पुनर्जागरण : कमल थापा 

मंगलबार, असोज १९, २०७८

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीको आसन्न महाधिवेशन राप्रपाका लागि पुनर्जागरण भएको बताएका छन् ।  मंगलबार बिर्तामोडमा आइपुगेका उनले केन्द्रमा तल्लो तहसम्म एकताको सन्देश पुर्‍याउन नसकिएको भन्दै अब नयाँ उत्साह र ऊर्जा दिनका लागि सक्रियता र गतिशीलता आवश्यक रहेको बताए । कांग्रेस र कम्युनिस्टको असफलता, अदूरदर्शिता र अकर्मण्यताको कारण देश संकटग्रस्त भएको र भ्रस्टाचारले देशलाई थला पारेको उनको आरोप छ । 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १३:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार