पाकिस्तान–इरान सीमामा आवागमन पुनःशुरु

सोमबार, असोज १८, २०७८

ताफ्टन (बलुचिस्तान) । पाकिस्तान–इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन् । प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले पाकिस्तानी नागरिकलाई इरान प्रवेश गर्न अनुमति दिँदै ताफ्टन सीमामा नियमित आवतजावत प्रक्रिया शुरु गरेको छ । गत जुन २९ देखि पाकिस्तानमा कोभिड १९ को बढ्दो सङ्क्रमणका कारण  देखाउँदै इरानी अधिकारीहरूले पाकिस्तानीहरूलाई इरान प्रवेश गर्न प्रतिबन्ध लगाएका थिए ।  द एक्सप्रेस ट्रिब्यूनको समाचार अनुसार यस बीचमा पनि द्विदेशीय पारवहान र व्यापार भने नियमित नै रहेको  थियो। यस अवधिमा इरानी नागरिकहरूलाई पाकिस्तान आउँन भने कुनै बन्देज लगाइएको थिएन । तर पाकिस्तानीहरूलाई  इरान प्रवेशमा भने रोक लगाइएको थियो र अहिले पनि थुप्रै पाकिस्तानी नागरिकहरू तीर्थयात्रा र अन्य भ्रमणका निम्ति इरान भ्रमणको अनुमतिको पर्खाइमा छन् ।–एएनआई
 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २१:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार