सोसल मिडिया
Contact Us
युनिकोड
जाकार्ता । इन्डोनेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ५६ पुगेको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायले आइतबार जानकारी दिएको छ । इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको थियो । यस भूकम्पमा परी शुरुमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिइएको थियो । हाल यो संख्या बढेर ५६ पुगेको सो निकायले जानकारी दिएको हो । भूकम्पमा परी मामुजु सहरका ८२६ व्यक्ति घाइते भएका छन् भने तीमध्ये १८९ व्यक्तिको अवस्था चिन्ताजनक रहेको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताउनु भएको छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ । भूकम्पका कारण १५ हजारभन्दा बढी मानिस विस्थापितसमेत भएको अधिकारीले शनिबार जानकारी दिएका थिए भूकम्पपछि सयौँ घर तथा भौतिक संरचनामा क्षति पुगेको अधिकारीले जनाएका छन । भूकम्पले सवैभन्दा धेरै मामुजु सहर र मजेने जिल्ला सवैभन्दा बढी प्रभावित भएको प्रकोप व्यवस्थापन निकायका प्रवक्ता राडित्या जाटीले बताउनु भएको छ । सन् २०१८ मा इन्डोनेसियाको सुलावेसी र पालुमा आएको ७.५ म्याग्नीच्युडको भूकम्प र त्यसपछिको सुनामीमा परी चार हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सन् २००४ को डिसेम्बर २६ मा गएको ९.१ म्याग्नीच्युडको भूकम्प र त्यसपछि आएको शक्तिशाली सुनामीमा परी दुई लाख २० व्यक्तिको मृत्यु भएको थियो । त्यसमा एक लाख ७० हजार इन्डोनेसियाली नागरिक रहेका थिए ।– सिन्ह्वा