नेकपा एसका अध्यक्ष माधव नेपाल डिस्चार्ज 

सोमबार, असोज १८, २०७८

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि आज घर फर्केका छन्।   अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि उहाँ यही असोज १३ गते त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका थिए । उनी स्वास्थ्य लाभ गरी कोटेश्वरस्थित निवास फर्किएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीलुकुमारी पन्तले जानकारी दिइन् । वरिष्ठ छातिरोग विशेषज्ञ डा. सन्तकुमार दाससहितको चिकित्सक टोलीले अध्यक्ष नेपालको उपचार गरेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार