चीनले पाँच दिनमा बनायो एक हजार ५०० आइसोलेसन सेन्टर 

आइतबार, माघ ४, २०७७

सिजियाङ । चीनको उत्तरी सहर हेबेइको एक सहरमा गएका पाँच दिनमा एक हजार ५०० वटा आइसोलेसन सेन्टरका कोठा निर्माण गरिएको समाचारमा जनाइएको छ । हेबेइ प्रान्तका स्थानीय अधिकारीले शनिबार सो जानकारी दिएका बताइएको छ । एउटा नयाँ बन्न लागेको कारखानाको जमिन प्रयोग गरेर सोही जमिनमा ती आइसोलेसन सेन्टर निर्माण गरिएका बताइएको छ ।
चीनमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित देखिन थालेकोले यसका लागि ती स्थानमा आइसोलेसन सेन्टर बनाउने काम थालिएको हो । चीनको नाङगोङ सहरमा यो सेन्टर बनाउन थालिएको छ । उक्त प्रान्तका अधिकारीले छ हजार ५०० वटा कोठा बनाउने योजना रहेको बताएका छन् । ती मध्येका एक हजार ५०० वटा कोठा गएको पाँच दिनमा नै निर्माण गरी सकिएको यहाँका स्थानीय अधिकारीले जानकारी गराएका छन् ।
आइसोलेसेन सेन्टरका रुपमा प्रयोग गर्ने भनिएका ती कोठा प्रत्येकको क्षेत्र १८ स्क्वायर मिटर रहेको बताइएको छ । ती सबै कोठामा सौचालय र बाथरुम, हिटर, बेड तथा टप बाथसमेत रहेका ती अधिकारीले जानकारी गराए । उनका अनुसार सो क्षेत्रमा नै वाइफाइको पनि व्यवस्था गरिएको छ ।
हेबेइ प्रान्तको सिनजियाङभन्दा केही पर रहेको नाङगोङ सहरमा पछिल्ला केही दिनयता कोरोना भाइरसका सङ्क्रमित भेटिएकोले उनीहरुको व्यवस्थापनका लागि यी आइसोलेसन सेन्टर निर्माण गरिएका बताइएको छ । केही दिनयतादेखि चीनका कतिपय सहरमा कोरोना भाइरसका सङ्क्रमित भेटिएका समाचार आइरहेका बताइएको छ । सोही कारणले ती सहरका विभिन्न स्थानमा चीनका स्थानीय अधिकारीले यस्ता आइसोलेसन सेन्टर बनाउन थालेका पनि समाचारमा जनाइएको छ ।
चीनको नाङगोङ सहरमा ती आइसोलेसन सेन्टर निर्माणका लागि यहाँका स्थानीय एक आयोजनाका इन्जिनियर छु पेचिङले नेतृत्व गरेका छन् ।  उनले आफूले दुई सिफ्टमा गरी ३०० जना कामदारलाई लगाएर पााच दिनको बीचमा एक हजार ५०० वटा आइसोलेसन कोठा निर्माण गरेको जानकारी दिए । उनले सो क्षेत्रमा मात्र छ हजार ५०० वटा यस्तै कोठा बनाइने योजना रहेकोले अहिलेकै गतिमा सो कार्य पनि सकिने बताउनुभयो । – सिन्ह्वा
 

प्रकाशित मिति: आइतबार, माघ ४, २०७७  २०:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार