अहिलेको सबै खेल सत्ताकै लागि : अध्यक्ष ठाकुर

सोमबार, असोज १८, २०७८

सप्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सबै खेल सत्ताकै लागि भइरहेको बताएका छन्। सोमबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा ठाकुरले आफूरु सरकारमा जानुभन्दा पनि मधेश मुद्दा सम्बोधन होस् भन्न चाहेको बताए ।  लोसपाका पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले मधेशलाई विभाजन गर्ने, कमजोर बनाउने र खण्डित गर्ने काम जसपाले गरिरहेको आरोप लगाए । आगामी निर्वाचनमा जसपासँग गठबन्धन नहुने उनको भनाइ छ । ´हामीले एकता गरेर बलियो पार्न खोज्यौं । उपेन्द्रजीले निर्वाचन आयोगमा गएर फुटाएको आरोप लगाए । आगामी चुनावमा जनता समाजवादी पार्टी (जसपा) सँग कुनैपनि हालतमा गठबन्धन गर्दैनौं,' उनले भने । यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन भएको थियो । वरिष्ठ नेता महतोले जसपाबाहेकको अन्य लोकतान्त्रिक पार्टीसँग तालमेल हुन सक्ने बताए ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार