चारवटा विधेयक विधायन समितिमा पठाउन राष्ट्रिय सभाको स्वीकृत

सोमबार, असोज १८, २०७८

काठमाडौं । राष्ट्रिय सभाको बैठक २४ असोजमा बस्ने भएको छ । सोमबार बसेको बैठकमा विभिन्न अध्यादेश खारेज र विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाएका थिए । यस्तै विभिन्न विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको छ । राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ खारेज गरिएको, आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणीकरण सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो । यसैगरी, महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेस गरिएको सोमबारको बैठकले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रसारण विधेयक २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७७ दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार