जापानको नयाँ प्रधानमन्त्री, फुमिओ किशिदा

सोमबार, असोज १८, २०७८

टोकियो । जापानको प्रधानमन्त्रीम फुमिओ किशिदा निर्वाचित भएका छन् । गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को नेतृत्वसम्बन्धी मतदानमा किशिदा निर्वाचित भएका थिए । पार्टीमा विजयी भएसँगै प्रधानमन्त्रीका लागि उनको बाटो खुलेको थियो । प्रधानमन्त्री निर्वाचित भएको एक वर्षपछि यसोहिदे सुगाले हालै पार्टी नेतृत्ववाट राजीनामा दिएका थिए । महामारीपछि जापानको अर्थतन्त्र पुनःस्थापना र उत्तर कोरियाको धम्कीलगायतका विषय अगामी दिनमा किशिदाका मुख्य चुनौती हुनेछन् । टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि पार्टीको गुमेको साख फिर्ता ल्याउन महत्वपूर्ण कार्य गर्ने उनले बताएका छन् ।  कोभिड महामारीबीच टोकियोमा ओलम्पिक आयोजना गर्ने निर्णयको देशभित्र र वाहिर सरकारको बिरोध हुँदै आएको थियो । आगामी नोभेम्वरमा हुने आमनिर्वाचनमा किशिदाले एलडीपीलाई विजयी बनाउनु पनि उनको अर्को चुनौती छ । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ११:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार