साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए 

आइतबार, असोज १७, २०७८

साना । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी  साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासी जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासी मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् । 
सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए । त्यसक्रममा अरु २१ जना घाइते भएका बताइएको छ । 
घाइतेलाई यमनी अस्पतालमा पु¥याइएको छ । उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासी र प्रहरीबीचमा केही दिनयता भीडन्त हुने गरेको बताइएको छ ।–सिन्ह्वा  
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार