बेलायतमा कोरोना सङ्क्रमण घटेन, एकैदिन ३० हजारभन्दा सङ्क्रमित

आइतबार, असोज १७, २०७८

बेलायत । बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएको पाइएको छ ।  यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । यहाँ एकै दिनमा ३० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३०१ जना सङ्क्रमित थपिएका छन् । 
अघिल्लो दिन पनि ३० हजार जनाभन्दा बढी नै सङ्क्रमित भेटिएको पाइएको थियो । शनिबार भेटिएकासमेत गरी बेलायतमा यहाँ अहिलेसम्म ७८ लाख ७१ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।  
लन्डनमा कोभिड–१९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् ।
त्यसैगरी यहाँ गएको २४ घण्टा यतामात्र १२१ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या एक लाख ३६ हजार ९१० जना पुगेको पनि बताइएको छ । अधिकारीले यहाँ पछिल्ला केही दिनयता सङ्क्रमित थपिने र मृत्युको सङ्ख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजारभन्दा पनि बढी सङ्क्रमित थपिने गरेका जानकारी दिएका छन् ।–सिन्ह्वा 
 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार