एमाले विधान महाधिवेशनद्धारा राजनीतिक र सांगठनिक प्रस्ताव पारित 

आइतबार, असोज १७, २०७८

काठमाडौं । मालेको विधान महाधिवेशनले राजनीति प्रतिवेदन र सांगठनिक प्रस्तावलाई संशोधनसहित पारित गरेको छ । ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा तीन दिन चलेको प्रथम विधान महाधिवेशनले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई संशोधनसहित पारित गरेको हो ।  यस्तै महासचिव ईश्वर पोखरेलले पेस गरेको सांगठनिक प्रस्तावलाई पनि महाधिवेशनले संशोधनसहित पारित गरेको छ । यसैगरी, विधान महाधिवेशनले उपहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तव पनि पारित गरेको छ । 

महाधिवेशनमा भएका भएका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि समूहगत रूपमा छलफल भएका थिए । छलफलका क्रममा उठेका प्रश्नको सम्बन्धित नेताले जवाफ दिएका थिए । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार