अफगानिस्तान र इराकमा सेनाको उपस्थिति न्यून बनाउँदै अमेरिका

शनिबार, माघ ३, २०७७

वासिङ्टन । अफगानिस्तान र इराक दुबै मुलुकमा अमेरिकी सेनाको संख्यालाई यही जनवरी १५ सम्ममा दुई हजार ५०० मा झारिएको छ । दुबै मुलुकमा अमेरिकी नेतृत्वमा परिचालित सेनाको संख्यामा करिब दुई दशकपछि यति धेरै कमी आएको अमेरिकी रक्षा मन्त्रालयले बताएको हो । 
अमेरिकी राष्ट्रपतिबाट आफ्नो कार्यकाल पूरा गरी विदा हुँदै गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले सन् २००० को सेप्टेम्बर ११ मा अमेरिकी भूभागमा भएका आतङ्ककारी आक्रमणपछि ती दुबै एशियाली मुलुकमा अमेरिकी सेना पठाएको थियो । तर यो संख्या अफगानिस्तान र इराक दुबै मुलुकमा दुई दशककै सबैभन्दा न्यून सैनिक संख्या हो । अफगानिस्तानमा तालिवान विद्रोहीसँग शान्तिका लागि सम्झौता भइसकेको भन्दै सेनालाई घटाएको हो भने इराकमा पनि स्थिति सामान्य रहेको अमेरिकी राजनीतिक नेतृत्वको ठहरपछि सैनिक संख्या घटाइएको हो ।–एएफपी
 

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार