अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह

आइतबार, असोज १७, २०७८

काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह चयन भएकी छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनले अध्यक्ष चयन गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेवारी दिएको थियो । प्रचण्डसहित अखिल क्रान्तिकारीका विद्यार्थीहरू सहभागी भएको बैठकले आइतबार बिहान अध्यक्षमा पञ्चा सिंहलाई चयन गर्ने निर्णय गरेको अखिल क्रान्तिकारीका नेता रत्न ढकालले जानकारी दिए । अखिल क्रान्तिकारीको अध्यक्षमा सुरेन्द्र बस्नेतको पनि दाबी थियो ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ११:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार