कतारमा पहिलो पटक निर्वाचन

आइतबार, असोज १७, २०७८

दोहा । कतारमा पहिलो पटक विद्यायक छान्नका लागि निर्वाचन सम्पन्न भएको छ ।  निर्वाचनमा करिब ६४ प्रतिशतले मतदान गरेका छन् । ४५ सदस्यीय सुरा काउन्सिलको  ३० सदस्यका लागि  निर्वाचन भएको हो । काउन्सिलका बाँकी १५ जना सदस्य कतारका अमिरले नियुक्त गर्नेछन् ।  कूल  दुई सय ३३ उम्मेदवारमध्ये २६ महिलाले चुनावमा प्रतिष्पर्धा गरेका थिए । सुरा काउन्सिलले देशको केही कानुन र बजेट अनुमोदन गर्छ ।आर्थिक लगानी,  प्रतिरक्षा र सुरक्षासम्बन्धी नीतिमा भने कान्सीलले कुनै सुझाब  दिन सक्दैन । निर्वाचनमा महिला र पुरुषका लागि अलग अलग बुथको व्यवस्था गरिएको थियो । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार