सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं :
नेपाली कांग्रेसको कागेश्वरी–मनहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट दाहाल सभापतिमा निर्वाचित भएका हुन् ।
सभापति शेरबहादुर देउवानिकट दाहाल एक सय ५१ मत पाएर विजयी भएको कांग्रेस काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए । उनका प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले एक सय ३८ मत पाएका छन् ।
काठमाडौं जिल्लाका एक महानगरपालिका र ९ नगरपालिकामा शनिबार अधिवेशन भएको थिए । सचिव पुडासैनीका अनुसार अहिलेसम्म बूढानीलकण्ठ र कागेश्वरी–हनहरामा परिणाम आइसकेको छ भने अन्यमा गणना जारी छ ।
काठमाडौं महानगरमा अहिले बिहान ९ बजेदेखि मतदान सुरू भएको छ । ११ वटा पालिका रहेको काठमाडौंमा दक्षिणकालीमा वडा नम्बर २ को वडा अधिवेशन बाँकी रहेकाले पालिका अधिवेशन सुरु हुन सकेको छैन । कीर्तिपुरमा सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।
तारकेश्वरका सभापतिमा महर्जन, बूढानीलकण्ठमा बुढाथोकी नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । सो पार्टीको १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १३५ मत ल्याई विजयी भएका हुन् । उनका कटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरे । यस्तै उपसभापतिद्वयमा नवराज अर्याल ९१२५० र जमुना तिमिल्सिना ९१२३०, सचिवद्वयमा राजु फुँयाल ९१२६० र शङ्कर तिमिल्सिना ९११७०,सहसचिवद्वयमा सरस्वती पौडेल ९११७० र अप्सरा खड्का ९११४०मत प्राप्त गरी विजय भए । यसैगरी कांग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका हुन् । उनले १५५ मत प्राप्त गरेका थिए । उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गरे । यस्तै उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ १८१ र शम्भु कार्की १७०, सचिवद्वयमा विजेन्द्र श्रेष्ठ २०६, विजेन्द्र पुडासैनी १७१,सहसचिवद्वयमा कुमार खड्का १४५ र निर्मला आचार्य (पौडेल) १२८ मतल्याई विजय भएको निर्वाचन समितिले जनाएको छ ।
तारकेश्वरमा कांग्रेस नगर सभापतिमा महर्जन विजयी
नेपाली कांग्रेस काठमाडौं तारकेश्वर नगर समिति सभापतिमा कृष्णहरी महर्जन विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनमा सभापतिमा एक सय ३५ मत प्राप्त गरी महर्जन विजयी भएका हुन् । सभापतिमा तीन जनाको उम्मेदवारी परेको थियो ।
महर्जनका प्रतिस्पर्धी श्रीराम थापाले एक स १४ मत ल्या भने अर्का प्रत्यासी मुकुन्द तिमिल्सिनाले जम्मा २ मत पाए । महर्जन कांग्रेस नेता भीमसेन दास प्रधान निकट भने थापा कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट हुन् ।
यस्तै उपसभापतिमा जमुना तिमिल्सिना र नवराज अर्याल विजयी भएका छन् । तिमिल्सिनाले एक सय २३ मत र अर्यालले एक सय २५ मत पाए । त्यस्तै सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भएका छन् । सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।