आज मन्त्रीको नामावली छनोट गर्दै माओवादी 

आइतबार, असोज १७, २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले सरकारमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूको विषयमा आज बस्ने स्थायी समितिको बैठकमा आवश्यक छलफल गर्ने भएको छ । शनिबार बसेकोस्थायी समितिको बैठकमा मन्त्रिपरिषद्मा सहभागी हुने सदस्यका बारेमा छलफल नभएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले भने, “आज त्यसबारेमा कुनै छलफल भएन । भोलि बस्ने बैठकमा त्यसबारेमा छलफल हुन्छ ।”
यस्तै बैठकमा अखिल (क्रान्तिकारी)को नेतृत्वको विषयमा छलफल भएको थियो । क्रान्तिकारीका अध्यक्षका प्रत्यासी धेरै भए पनि उनीहरू सबै आफैँमा योग्य भएकाले उनीहरूको बारेमा छलफल भएको थियो । 
प्रवक्ता महराले नेतृत्वका विषयमा छलफल भएको जानकारी दिनुभयो । माओवादीका नेताहरूका अनुसार क्रान्तिकारीको अध्यक्षको चयन गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।
यस्तै विशेष समितिका रहने सदस्यका बारेमा समेत बैठकमा छलफल भएको थियो । माओवादीको स्थायी समिति बैठक आइतबार पुनः बस्नेछ । 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार