जुम्ला (क) र ख) मा पौडेल पक्षीय प्यानल विजयी

आइतबार, असोज १७, २०७८

जुम्ला ।  नेपाली कांग्रेस प्रदेशसभा निर्वाचन क्षेत्र ९क० र ९ख० मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय प्यानल विजयी भएको छ ।

 ९क० मा लछिमन बोहरा र ९ख० मा कालीबहादुर बुढा सभापतिमा विजयी भएक हुन् । बोहराले सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार नारायण शाहीलाई पराजित गरे । ९ख० मा बुढाले देउवा पक्षीय भीमनिधि हमाललाई हराए ।

९ख० को उपसभापतिमा दानसिंह खत्री, सचिवमा जंग रोकाया र अमर खत्री, सहसचिव दानवहादुर रावत र नरबहादुर शाही विजयी  भएका छन् ।

९क० मा उपभासतिमा तिलकप्रसाद न्यौपाने र रुपबहादुर रोकाया विजयी भएका छन् । सचिवमा तीर्थराज न्यौपाने र अर्जुन महतारा विजयी भए भने सहसचिवमा छाया बोहरा र बुद्धि तामाङ चयन भएका छन् ।

 यसअघि भएको गाउँरनगर अधिवेशनमा पनि पौडेल समूहकै वर्चस्व कायमै रहेको थियो । जुम्लाको  एउटा नगरपालिका र सा गाउँपालिकामध्ये दुई स्थानीय तहमा देउवा पक्षले जितेको छ । बाँकी स्थानीय तहमा पौडेल पक्षले बाजी मारेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०६:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार