मेडिकल व्यावसायी दुर्गा प्रसाईं एमाले विधान महाधिवेशन प्रतिनिधि

शनिबार, असोज १६, २०७८

ललितपुर : 

मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिएका छन् ।

यतिबेला उनको महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएर अभिवादन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रसाईंलाई झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा आएको बताइएको छ ।

उनी झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन हुन् । प्रसाईं एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  २१:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार