माओवादी केन्द्रले टुंग्याउन सकेन अखिल क्रान्तकारीको नेतृत्व

शनिबार, असोज १६, २०७८

काठमाडौं : 

अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व सर्वसम्मत छान्ने नेकपा माओवादी केन्द्रको प्रयास असफल भएको छ । नेतृत्व टुंगो लगाउने जिम्मा स्थायी कमिटीले पाएको थियो । तर, कमिटीको बैठकले अनेरास्ववियू (क्रान्तिकारी) को नेतृत्व टुंग्याउन सकेन ।

नेतृत्व सर्वसम्मत छान्ने प्रयास सफल नभएपछि क्रान्तिकारीको २२औं सम्मेलन लम्बिने भएको छ । क्रान्तिकारीको अध्यक्षका लागि सुरेन्द्र बस्नेत, दिपेश पुन, पन्चा सिंह र तिलक भण्डारी मुख्य दाबेदार छन् । यसमा पनि पञ्चा सिंह र सुरेन्द्र बस्नेतको चर्को प्रतिस्पर्धा छ । 

यसअघि वाईसीएलको नेतृत्व टुंग्याउन अध्यक्ष प्रचण्डलाई हम्मे हम्मे परेको थियो । स्थायी कमिटीबाट टुंगो नलागेपछि अब अनेरास्ववियू (क्रान्तिकारी)को नेतृत्व टुंग्याउने जिम्मा पनि प्रचण्डकै काधमा आइपुगेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार