मोरक्कोका नागरिकलाई कोरोनाभाइरविरुद्ध तेस्रो खोप

शनिबार, असोज १६, २०७८

बरात । मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ ।  महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो । मोरक्कोको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार विज्ञ तथा सरोकारवालाको सिफारिसका आधारमा यस्तो निर्णय गरिएको हो ।  यसलाई राष्ट्रिय खोप अभियानकै एउटा अङ्गको रुपमा लागू गरिने पनि अधिकारीले जानकारी दिएका छन् ।   आफ्ना नागरिकलाई मात्रै नभई मोरक्कोमा बस्ने विदेशी नागरिकलाई पनि खोपको व्यवस्था गरिने उनीहरूले बताएका छन् । उत्तर अमेरिकी मुलुक मोरक्कोमा यसअघि पहिलो खोप अभियान भने गत जनवरी २८ मा शुरु भएको थियो । त्यहाँ शुरुमा चिनियाँ सिनोफर्म खोप लगाइएको थियो ।   सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार अहिलेसम्म मोरक्कोमा दुई करोड २७ लाख १९ हजार ८६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । 
तीमध्ये एक करोड ९१ लाख ९७ हजार ९१६ जनाले दुवै खोप लगाएका छन् । मोरक्कोमा शुक्रबार मात्रै थप ९३६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमितको सङ्ख्या नौ लाख ३४ हजार सात पुगेको छ ।  मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण मोरक्कोमा अहिलेसम्म १४ हजार २९० जनाको मृत्यु भएको छ । तीमध्ये २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  मोरक्कोमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकामध्ये ८३५ जना अति सघन कक्षमा उपचाररत छन् ।– सिन्ह्वा

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार