हुम्लामा कांग्रेसको समानान्तर कमिटी गठन

शनिबार, असोज १६, २०७८

सुर्खेत :  हुम्लाको प्रदेश निर्वाचन क्षेत्र (क)मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले समान्तर कमिटी गठन गरेको छ । पौडेल समूहबाट प्रदेश (क) मा लोकेन्द्र भण्डारीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको हो ।  

फर्जी मतदानको विषयमा कुनै सुनुवाइ नभएको भन्दै पौडेल समूहले गाउँ, वडा र जिल्लामा पनि  समानान्तर कमिटी गठन गर्ने जनाएको छ । 

मतदान अधिकृत राजबहादुर ऐडीले मनोमानी ढंगले निर्वाचन गरेपछि आफूहरुले समान्तर कमिटी बनाएको पूर्वसांसद रीता शाहीले बताइन् । ‘फर्जी मतदान गरेपछि हामीले समान्तर कमिटी बनाएका छौं,’ उनले भनिन्, ‘एकलौटी रुपमा चल्ने पार्टी हैन ।’

हुम्ला जिल्ला पूर्वपर्यटनमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको गृह जिल्ला पनि हो । कांग्रेसको सातौं जिल्ला अधिवेशनसमेत पौडेल समूहले बहिष्कार गरेको पूर्वसांसद रिता शाहीले बताइन् । 

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार