सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा एमालेको इतिहासमै पहिलो पटक भएको प्रथम विधान महाधिवेशनमा गोदावरीस्थित सनराइज सम्मेलन केन्द्र एमालेमय भएको छ । आइतबारसम्म चल्ने विधान महाधिवेशनका लागि आउने प्रतिनिधिका लागि स्वागतद्वार सातदोबाटोबाटै राखिएको थियो । ठाउँठाउँमा रहेका स्वागतद्वारमा एमालेका झण्डा र चुनाव चिह्न सूर्यले प्रतिनिधिलाई स्वागत गरिरहेका थिए । महाधिवेशन स्थल पुग्नुभन्दा एक किलोमिटरदेखि गाडीका लाम लागेका देख्न सकिन्थ्यो । देशभरबाट आएका प्रतिनिधि अधिकांश काठमाडौंबाट गाडीमा गएकाले ठूलो संख्यामा गाडीहरू पार्किङ गरिएका थिए । महाधिवेशनमा सहभागी प्रतिनिधिलाई प्रवेशद्वारबाट प्रवेश गर्दा मास्क नभएकालाई मास्क र स्यानिटाइजर उपलब्ध गराइएको थियो । भित्र छिरेपछि प्रतिनिधिले नाम दर्ता गर्दै प्रतिवेदन भएको झोला लिने गरेका थिए । सम्मेलन केन्द्र पुगेपछि प्रतिनिधिहरू सजिएका स्वागतद्वार र फ्लेक्समा फोटो सेसन गर्न व्यस्त थिए । कार्यक्रम सुरु हुनुअघि नै प्रतिनिधिले सभा हल खचाखच भरिएको थियो । दुई हजार ८४० जना क्षमताको सभा हलमा प्रतिनिधि नअटाएपछि सभा हलका दायाँ र बायाँ रहेका खाली ठाउँमा स्क्रिन राखेर प्रतिनिधिको व्यवस्थापन गरिएको थियो । करिब छ हजार जना प्रतिनिधि महाधिवेशनमा सहभागी छन् ।
स्थायी कमिटी सदस्यलाई मञ्च र केन्द्रीय सदस्यलाई अगाडि बस्ने व्यवस्था गरिएको थियो । कार्यक्रम १२स्१५ बजेदेखि सुरु हुने भनिए तापनि त्यस अगावै प्रतिनिधिहरू कार्यक्रमस्थल पुगिसकेका थिए । बिहान खाना र दिउँसोको खाजाको व्यवस्था गरिएको थियो ।
कार्यक्रम १२:१५ मा सुरु हुने भनिए तापनि त्यसको ४५ मिनेट ढिलो पार्टी अध्यक्ष केपी शर्मा ओली आएका थिए । ओलीलाई पार्टीका नेता रामबहादुर थापा र पञ्चकन्याले स्वागत गरेका थिए । ओली आएलगत्तै कार्यक्रम सुरु भएको थियो । उद्घाटन सत्रमा अध्यक्ष ओलीले मात्र मन्तव्य दिएका थिए । एमालेको कुम्भमेलाको रूपमा हेरिएको यस महाधिवेशनमा अधिकांश प्रतिनिधि फोटो खिचाउन व्यस्त देखिन्थे ।
मूल गेट प्रवेश गरेपछि पार्टी अध्यक्ष ओलीको पूर्ण कदको डमी ९फोटो०मा नेता तथा कार्यकर्ता फोटो खिचाउन व्यस्त देखिन्थे । मार्क्स, एंगेल्स र मदन भण्डारीका मूर्ति पनि कार्यक्रमस्थलमा राखिएको थियो । तर, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको न तस्बीर थियो, न त मूर्ति नै ।
हलभन्दा बाहिर देशभरबाट आएका प्रतिनिधिहरू कुराकानी गरिरहेका देखिन्थे । उनीहरू कहिले भित्र र कहिले बाहिर गरिरहन्थे ।
खानाको व्यवस्था हलको बाहिर रहेको थियो । विभिन्न ठाउँमा प्रतिनिधि दिउँसो १ बजेसम्म खाना खाइरहेका देखिन्थे । प्रतिनिधिलाई खानामा भेज र ननभेजको व्यवस्था गरिएको थियो । भेजमा पनिर, दाल, तरकारी र खाना तथा ननभेजमा खसीको मासु, कुखुराको रोस्ट, दाल, तरकारी र भातको व्यवस्था गरिएको थियो ।
महाधिवेशनस्थलसम्म जानका लागि बाटोको मर्मतसम्भार गरिएको थियो । तर पनि धेरै गाडी उक्त रुटमा संचालन भएकाले गाडीको जाम भने पटक पटक भइरहेको थियो । सभास्थलबाहिर ुमै पनि एमाले, सही पनि एमालेु गीत गुन्जिरहेको थियो ।