एमाले विधान महाधिवेशनमा ६ हजार ३४७ प्रतिनिधि, माओवादीबाट आएका ५३२ 

शुक्रबार, असोज १५, २०७८

काठमाडौं ।  एमाले प्रथम विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी भएका छन् । केन्द्रीय कमिटीसहित विभिन्न १२ वटा क्षेत्रबाट प्रतिनिधि चयन भएर आएका हुन् ।   यसरी आएका प्रतिनिधिमध्ये नेकपा ९माओवादी केन्द्र० छाडेर एमाले भएकामध्येबाट ५३२ जना छन् । १९६ जना केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरू सहभागी हुँदा केन्द्रीय आयोग तथा परिषद्बाट २१३ जनाले सहभागिता जनाएका छन् ।  त्यस्तै, पार्टीका विभिन्न विभागबाट ३१० जना र जनसंगठनबाट २२० जना सहभागी भएका छन् भने प्रदेश कमिटीहरूबाट दुई हजार २७१ प्रतिनिधि सहभागी छन् । 

एमालेको उपत्यका विशेष कमिटीबाट प्रतिनिधित्व गर्दै १५८ जना सहभागी हुँदा विभिन्न सम्पर्क समन्वय कमिटीबाट ३६० जनाले सहभागिता जनाएका छन् ।  ७७ जिल्ला कमिटीका पदाधिकारीहरू ३६४ जना प्रतिनिधि हुँदा १६५ निर्वाचन क्षेत्रबाट ४०७ जना महाधिवेशन प्रतिनिधि बनेका छन् । प्रवास कमिटीबाट १२६ जना सहभागी भएको विधान महाधिवेशनमा केन्द्रीय कमिटीले मनोनयन गरेका ५६६ जना प्रतिनिधि सहभागी छन् ।  ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष तथा प्रदेश र संघका निर्वाचित ९३४ जनप्रतिनिधिहरू महाधिवेशन प्रतिनिधि बनेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार