संसद् विघटनविरुद्ध उत्रिएका चार पूर्वप्रधानन्यायाधीशलाई अवहेलना मुद्दामा सफाइ

शुक्रबार, असोज १५, २०७८

काठमाडौं ।  अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधान्यायाधीशले सफाइ पाएका छन् । ५ पुसको प्रतिनिधिसभा विघटनपछि पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकालेर असंवैधानिक र यसले संविधान नै समाप्त पार्ने भन्दै विरोध जनाएका थिए ।

विघटनविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेका बेला विज्ञप्ति निकालेर स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन प्रभावित पार्न खोजेको भन्दै अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले अदालतको अवहेलनामा रिट दायर गरेका थिए ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले रिटमा सुनुवाइ गर्दै मागदाबी नपुग्ने फैसला सुनाउँदै सफाइ दिएको हो ।

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार