संविधान जारी गर्नबाट रोक्न भएका प्रायोजित आन्दोलनलाई बेवास्ता गर्‍यौँ  ः केपी ओली 

शुक्रबार, असोज १५, २०७८

काठमाडौं ।  एमाले अध्यक्ष केपी ओलीले संविधान जारी हुनबाट रोक्ने विभिन्न चलखेल भएको स्मरण गराएका छन् ।  पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले विभिन्न विषय झिकेर संविधान जारी हुनबाट रोक्ने आन्दोलन भएका स्मरण गराएका हुन् ।   संविधान जारी हुनबाट रोक्न वाह्य हस्ताक्षेप भित्र्याइयो । प्रायोजित आन्दोलन भए’, उनले भने, ‘तर, त्यसलाई बेवास्ता गर्दै हामीहरूले संविधानसभाबाट संविधान जारी गर्‍यौँ ।’  संविधान जारी हुन नदिने विभिन्न शक्ति समूहहरूको चलखेल भएका उनको भनाइ छ । 
 
‘नाकाबन्दीको अन्त्यपछि मात्रै भारत भ्रमण गरेँ’

एमाले अध्यक्ष केपी ओलीले आफू दोस्रो पटक प्रधानमन्त्रीको हैसियतमा भारतीय नाकाबन्दी अन्त्यपछि मात्रै भारत भ्रमणमा गएको स्मरण गरेका छन् ।  पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले संविधानसभाबाट संविधान जारी गरेपछि भारतले नाकाबन्दी लगाएको बताए ।  भारतले नाकाबन्दी अन्त्य गरेपछि मात्रै आफू प्रधानमन्त्रीको हैसियत भारत भ्रमणमा गएको उनले बताए । ‘भारतीय नाकाबन्दी अन्त्यपछि मात्र म प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा गएँ’, उनले भने, ‘त्यसपछि चीन भ्रमणमा पनि गएको थिएँ ।’
 
प्रभु साहले गरे एमाले विधान महाधिवेशन बहिस्कार 

एमाले नेता प्रभु साहले पार्टीको प्रथम विधान महाधिवेशनलाई बहिस्कार गरेका छन् । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी  प्रथम विधान महाधिवेशन साहले बहिस्कार गरेका हुन् ।  माओवादी परित्याग गरेर एमालेमा रहेका साहले आफूहरूको माग सम्बोधन नगरेको भन्दै बहिस्कार गरेको जानकारी दिए । ‘हामीहरूको एजेण्डाका विषयमा हिजो पनि वार्ता भयो । तर, सहमति भएन’, उनले भने, महाधिवेशनमा गएको छुइन ।’  पूर्वमाओवादीका अन्य नेतारूले पनि बहिस्कार गर्ने तयारीमा रहेको भए पनि गलत सन्देश जाने भनेर उनीमात्र नगएका हुन् । ‘माओवादीबाट आएका साथीहरू नजाने तयारीमा थियौँ’, साहले न्युज कारखानासँग भने, ‘तर, गलत सन्देश जाने भएपछि अरु साथीहरू जानुभयो ।’ 

‘राजनीतिक प्रतिवेदन प्रस्तुत’
एमाले प्रथम विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ । अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।  अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुतपछि सांगठनिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पेस गरिनेछ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा १५–१७ असोजसम्म विधान महाधिवेशन चल्ने एमालेले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार