टुंगो लाग्यो जापानी राजकुमारीको विवाह, विवाहका लागि शाही पदवी त्याग्ने निर्णय 

शुक्रबार, असोज १५, २०७८

टोकियो । दुई वर्षसम्मको अन्यौलपछि अन्ततः जापानी राजकुमारीको विवाहको टुंगो लागेको छ । राजकुमारी माकोले आफ्ना कलेज पढ्दादेखिका प्रेमी कोमुरोसँग विवाह गर्ने भएकी हुन् ।  उनीहरुको विवाह यही २६ अक्टोवरमा हुने भएको छ । विवाहका लागि राजकुमारीले आफ्नो शाही पदवीसमेत त्याग्ने भएकी छिन् ।  यो जोडिको सन् २०१८ मा विवाह गर्ने योजना थियो । तर, राजकुमारीको हुनेवाला सासुको आर्थिक लफडाका कारण विवाह धकेलिएको थियो ।  विवाहपछि यो जोडि अमेरिका बसोबास गर्नेछन् । कोमुरो अमेरिकामा वकालती पेसा गर्छन् ।  उनीहरूको प्रेम सम्बन्ध र गतिविधिबारे जापानी सञ्चारमाध्यमहरूले विशेष महत्व दिँदै आएका छन् । सञ्चार माध्यमको अनावश्यक चासोका कारण राजकुमारी माको ‘ट्रउमेटिक स्ट्रेस डिसअर्डर’ बाट पीडित छन् ।  उनीहरूबीच सबैभन्दा पहिला सन् २०१२ मा भेट भएको थियो । टोकियोस्थित इन्टरनेसनल क्रिश्चियन युनिर्भसिटीमा अध्ययन गर्ने क्रममा उनीहरू नजिकिएका थिए ।  सन् २०१७ मा इन्गेजमेन्ट गरेको यो जोडि अर्को वर्ष विवाह गर्ने योजनामा थियो । तर, राजकुमारीको प्रेमीको आमाको वित्तिय लफडाले त्यतिवेला  उनीहरुको विवाह हुन सकेको थिएन । कोमुरोकी आमाले उनका लागि यसअघि नै अर्कै केटीसँग इन्गेजमेन्ट गरेको र हुनेवाला बुहारीबाट उनले धेरै ऋण लिएकोले सो रकम तिर्न नसक्दा राजकुमारीको विवाह पनि लम्बिएको थियो ।–एजेन्सी

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार