पहिलो पटक शुभकामनाबिनै एमाले महाधिवेशन सुरु  

शुक्रबार, असोज १५, २०७८

काठमाडौं ।  राजनीतिक दलका अधिवेशन र महाधिवेशनमा अन्य दलका नेता तथा शीर्ष नेताले शुभकामना दिने परम्परा तोड्दै एमालेले विधान महाधिवेशन सुरु गरेको छ ।  पार्टीका महाधिवेशनहरूमा विगतमा शुभकामना दिन विभिन्न दलका नेताहरू आमन्त्रण गरिन्थ्यो । तर, एमालेले भने यस पटक कुनै दलका नेताहरूलाई शुभकामना दिन नबोलाएको महाधिवेशन मूल व्यवस्थापन समितिका सचिव शेरबहादुर तामाङले न्युज कारखानालाई बताए ।  तामाङका अनुसार महाधिवेशन उद्घाटन सत्रमा दलका अन्य नेतासमेत बोल्ने कार्यक्रम छैन । ‘अध्यक्षज्यू’ (ओली) ले सम्बोधन गरेपछि सोझै पार्टीका दस्तावेज प्रस्तुतिको क्रम सुरु हुन्छ’, तामाङले भने । 
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको प्रथम विधान महाधिवेशनमा सहभागी हुन गोदावरीको सनराइज जाँदा सातदोबाटोबाट कार्यकर्ताको स्कर्टिङ्गसहित गएका थिए । ओली आफ्नो पुरानो सैलीमा हात हल्लाउँदै अधिवेशनस्थल छिरेका थिए ।   निर्धारित समयभन्दा केही ढिला पुगेका ओलीसँगै केन्द्रीय पदाधिकारीहरू महाधिवेशन हल प्रवेश गरेका छन् । ओली पुग्नुअघि सम्मेलनमा सहभागी हुन आएका प्रतिनिधिहरू ‘नेकपा एमाले प्रथम विधान’ लेखिएको ठूलो पोस्टर र केपी ओलीको पूर्णकदको फोटोसहितको ठूलो पोष्टरमुनि बसेर सेल्फी खिचिरहेका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार