सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । एमालेको प्रथम विधान महाधिवेशन सुरु भएको छ । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको सनराइज हलमा एमालेको विधान महाधिवेशन सुरु भएको हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट गीत गाएर एमालेको विधान महाधिवेशन सुरु भएको हो । कार्यक्रमको सञ्चालन भने नेता प्रदीप ज्ञवालीले गरिरहेका छन् ।
१५–१७ असोजसम्म एमालेको विधान महाधिवेशन हुनेछ । सो महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन पेस गरिनेछ ।
हाइटेक विधान महाधिवेशनको मिडिया सेन्टर नै भद्रगोल
एमालेको प्रथम विधान महाधिवेशनलाई हाइटेक भनिए पनि मिडिया सेन्टर नै भद्रगोल देखिएको छ ।
महाधिवेशन हलमाथि बाल्कोनीमा मिडिया सेन्टरका लागि चारवटा कोठा छन् । तर, न कम्प्युटर छ न वाइफाइ सुविधा नै छ ।
पत्रकारहरू बस्न दुई चारवटा कुर्सी राखिएको छ । एउटा टेलिभिजन सेट राखिएको छ । तर, कम्प्युटर, वाइफाइ केही नहुँदा महाधिवेशनको न्युज कभरेज गर्न पुगेका पत्रकार सकसमा परेका छन् ।