राजमोद्धारा सरकारको बचाउ 

‘सरकार गठन संवैधानिक व्यवस्था अनुसार नै’ 
शुक्रबार, असोज १५, २०७८

बलेवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले  संवैधानिक व्यवस्थाअनुसारनै अहिलेको सरकार बनेको जिकिर गरेका छन् । 
प्रमुख प्रतिपक्षी दल एमालेले वर्तमान सरकारलाई जनदेशबाट नभइ परमादेशबाट बनेको भन्दै सरकारको तीब्र आलोचना गरेको प्रति केसीले जवाफ दिँदै यस्तो कुरा बताएका हुन् ।  ‘सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो’, अर्काे प्रशंगमा अध्यक्ष केसीले भने । अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको जनाउँदै उनले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताए । 
दलहरु सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अबस्था आएको उनको धारणा थियो ।  ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगा्एका छन् । उनले भने, ‘व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ ।’
प्रगतिशील पत्रकार सङ्घ बागलुङलद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले भने, ‘दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदैछ ।’  
 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार