सोसल मिडिया
Contact Us
युनिकोड
इस्लामावाद । पाकिस्तानले कोभिड खोप नलगाउने व्यक्तिलाई विभिन्न प्रतिवन्ध लगाउने भएको छ । पाकिस्तानमा कोभिडको अवस्था अनुगमन गर्ने नेसनल कमान्ड एन्ड अपरेसन सेन्टर ९एनसीओसी० ले पूर्ण खोप नलगाउनेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रा, विवाह समारोह, पार्टी प्यालेस, सपिङ मलमा जान शुक्रबारदेखि प्रतिबन्ध लगाएको हो ।
उड्यनमन्त्री गुलाम सरवार खानले खोप नलगाउने व्यक्तिलाई हवाई यात्रामा प्रतिपन्ध लगाइएको बताए । त्यस्तै, पाकिस्तान आउने र पाकिस्तानबाट बाहिर जाने सम्पूर्ण यात्रुले अनिवार्य रुपमा पूर्ण खोप लगाउनुपर्ने उनले बताए । खोप नलगाएका व्यक्तिलाई रेस्टुरेन्ट, सपिङ मल, वैवाहिक समारोहलगायत भिडभाड हुने स्थानमा रोक लगाइने उनले बताए ।
एनसीओसीका अध्यक्ष तथा संघीय मामिला मन्त्री असद युमारले पूर्ण खोप नलगाउनेलाई दुई सातापछि सार्वजनिक सवारी चढ्न अनुमति नदिइने बताएका छन् । खोप नलगाउने शिक्षक तथा कर्मचारी पनि १५ अक्टोवरपछि विद्यालय जान पाउने छैनन् ।
सरकारले इस्लामावाद, रावलपिन्डी, क्वेटा, पेसावरलगायतका आठ मुख्य सहरमा लगाइएको प्रतिबन्ध भने हटाएको छ । यी सहरमा अहिलेसम्म ४० प्रतिशतले पूर्ण खोप लगाएका छन् ।–एजेन्सी