सोसल मिडिया
Contact Us
युनिकोड
पेरिस । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई अदालतले जेल सजायको फैसला गरेको छ । सन् २०१२ मा राष्ट्रपतिमा आफू पुनः निर्वाचित हुनका लागि सहयोग पुग्नेगरी चलाइएको अभियानमा अवैधानिक रूपमा सहयोग गरेको आरोप उनलाई लगाइएको थियो । सोही आरोपका आधारमा अदालतले उहाँलाई दोषी ठहर गर्दै एक वर्ष कारागार राख्नुपर्ने सजाय बिहीबार सुनाएको हो । सार्कोजी संलग्न भएको गलत ठानिएको यो दोस्रो घटना हो । यसअघि अर्को एउटा प्रकरणमा पनि उनको संलग्नता पुष्टि भएको थियो । त्यो घटनाका कारण ६६ वर्षीय सार्कोजीलाई गत मार्चमा तीनवर्षे जेल सजाय तोकिएको छ ।– एएनआई