सीमा विवाद अन्त्य गर्न सर्बिया र कोसोभो सहमत 

बिहीबार, असोज १४, २०७८

ब्रसेल्स ।सर्बिया र कोसोभोबीच बिहीबार आफ्नो सीमामा तनावपूर्ण झडप अन्त्य गर्ने सम्झौता भएको ईयूका लागि स्लोभाकियाका विशेष दूत मिरोस्लाभ लाजकाकले बताएका छन् ।  कोसोभोले सर्बियाली दर्ता नम्बर भएका गाडीहरूलाई आफ्नो इलाकामा प्रवेश गर्न प्रतिबन्ध लगाएको १० दिनभन्दा बढी समयपछि यी दुई छिमेकीहरूबीच थिए । सर्बियाले वर्षौंदेखि अरूतिरबाट यात्रा गरिरहेका गाडीहरूका लागि पनि यही अभ्यास गरिरहेको छ । नाकाबन्दी कार्यान्वयनको निरीक्षण गर्न कोसोभोले विशेष प्रहरी एकाइहरू पठाइसकेपछि स्थानीय सर्बहरूले विद्रोह गरे र सीमासम्म पु¥याउने सडक अवरुद्ध गरे । त्यसपछि सर्बियाले सीमा नजिकै हातहतियार भएका गाडीहरू तैनाथ गरेर प्रतिक्रिया जनाएको थियो । युरोपेली सङ्घको मध्यस्थतामा ब्रसेल्समा गरिएको सम्झौताअनुसार कोसोभो शनिबारसम्ममा विशेष प्रहरी एकाइहरू हटाउन सहमत भए र स्थानीय सर्बहरू बारहरू भत्काउन सहमत भए । केफोर मिसनबाट उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) नेतृत्वमा रहेका शान्ति सेवकहरूलाई पनि दुई हप्तासम्म सीमामा तैनाथ गरिनेछ ।
दुवै पक्षले स्थायी सम्झौता नभएसम्म सम्बन्धित मुलुकबाट वितरण गरिएका प्लेटहरूको सङ्ख्याको अस्थायी समाधान गर्न पनि सहमति जनाएका छन् ।  दुई दिनको प्रचण्ड वार्तापछि विखण्डन रोक्ने र अगाडि बढ्ने मार्ग प्रशस्त गर्न कोसोभो र सर्बिया सहमत भएका छन्,” लजकाकले ट्वीटमार्फत् जानकारी गराए ।– एएफपी

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २१:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार