पञ्जाबमा केजरीवालको प्रतिबद्धता, आम आदमीले जिते स्वास्थ्य सेवा निःशुल्क

बिहीबार, असोज १४, २०७८

लुधियाना । भारतको आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले पञ्जाब प्रदेशमा आफ्नो पार्टीले जिते स्वास्थ्य सेवा निःशुल्क गर्ने घोषणा गरेका छन् ।  दिल्लीका मुख्यमन्त्रीसमेत रहेका केजरीवालले पञ्जालमा पनि आफ्नो पार्टीको सरकार बनाउने गरी आफ्ना उम्मेदवारहरूलाई जिताउन आग्रह गरेका हुन् ।  पञ्जाबमा हुन लागेको विधानसभाको निर्वाचनका लागि लुधियानामा बिहीबार भएको पत्रकार सम्मेलनमा उनले भने, “हाम्रो पार्टीलाई जिताउनुस् यस प्रदेशमा बस्ने सबै बासिन्दालाई स्वास्थ्य सेवा निःशुल्क गर्नेछौँ ।”
पञ्जाबमा स्वास्थ्य सेवा राम्रो नभएको टिप्पणी गर्दै उहाँले त्यसको सुधार आम आदमी पार्टीको सरकारले गर्ने दाबीसमेत गरे । 
सरकारी स्वास्थ्य संस्थाहरूमा सेवा राम्रो नहुँदा निजी स्वास्थ्य संस्थाहरूले आम नागरिकलाई नराम्रोसँग ठगेको उनको भनाइ छ ।
मुख्यमन्त्री केजरीवालले भने, “सात वर्ष अगाडि दिल्लीमा पनि यस्तै नराम्रो अवस्था थियो, तर अहिले हाम्रो सरकार आएपछि सरकारी स्वास्थ्य सेवामा धेरै सुधार भएको छ ।” “म प्रतिबद्धता गर्दछु की पञ्जाबमा पनि हाम्रो सरकार बनाउने अवसर पाएमा त्यस्तै बनाउने छौँ,” उनले भने ।  उनले पञ्जाबका जनतालाई स्वास्थ्य परीक्षण, औषधि, उपचार, शल्यक्रियालगायत छ प्रकारका सेवा निःशुल्क गराउने दाबी गरेका छन् ।– एएनआई  
 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २१:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार