आफूलाई धोकेबाज भनेपछि प्रचण्डले ओलीलाई भने, 'बेइमान र झुटो बोल्न सिपालु

बिहीबार, असोज १४, २०७८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बेइमान र झुट बोल्न सिपालुको संज्ञा दिएका छन् । यसअघि ओलीले झापाबाट आफूलाई धोकेबाज भनेकामा चित्त दुखाउँदै दाहालले बेइमान र झुट बोल्न सिपालु भनेर जबाफ दिएका हुन् । झुटो कुरालाई पनि झुटो होइन भन्ने क्षमता ओलीमा रहेको उनको भनाइ थियो । 'प्रचण्ड धोकेबाज भने । यसलाई के जबाफ दिने । मैले नबनाएको भए प्रधानमन्त्री हुनेवाला नै थिएन । माधव, झलनाथ, वामदेवले बजेट आएको भोलिपल्ट ओलीले छाड्नुपर्छ भने । तर मानेनन् । कागजमा सही छाप गरेर पनि उल्लंघन गरे । धोका दिए । धोका दिने उनी, धोकेबाज हाम्लाई भन्ने', अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनमा उनले भने ।  

ओली बेइमान हो भन्ने कुरा एमालेका धेरैलाई थाहा भएको दाहालको भनाइ थियो । ुकेही साथीले केपीसँग आत्मसमर्पण गरे । पहिले नेकपा हुँदा दह्रोसँग उभिनुहोस् कामरेड, यो ओली तानाशाह हो भन्ने । अहिले त लुत्रुक्क परेर ओलीसँग जाने, अझ प्रचण्डले पार्टी फुटाउन खोज्ने भन्ने रुु, प्रचण्डले प्रश्न गरे, 'केपीलाई निकाल्दा त तिनीहरू नै थिए नि १ अनि, मैले एमाले फुटाउन खोजेको हुन्छ त रु तर, भन्छन् । भन्ने त बेइमान भए भए, सुन्ने र ताली लाउने देखेर हैरान हुन्छु ।'  

झुटो बोल्न सिपालु नेपालमा कोही छ भने त्यो ओली भएको दाहालको भनाइ छ । 'म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ भन्ने । तर, किन भन्ने भन्दा विज्ञापन रहेछ । त्यो भनेर भित्र अर्बौं भ्रष्टाचार गरेको छ । ढाकछोप गर्न त्यो भनेको रहेछ', उनले भने ।

माओवादी कमजोर हुँदा अहिले केपी ओली आतंक, कमल थापा आतंक बढेको भन्दै उनले आफूहरूले आक्रामक ढंगले जान जरुरी रहेको बताए । 'कहाँबाट कहाँ पुगेकाहरूको आतंक छ । हामीलाई टुक्राटुक्रा पारेर सिद्धिए भने । टुक्राटुक्रा पर्दा तीन महिनामा सिद्धिन्छ भने । अघिल्लो वर्ष पार्टी एकता गर्दा माओवादी सिद्धियो, प्रचण्डको केही छैन भने तर हामी सिद्धिएनौँ । अब फेरि लड्छौँ । जित्छौँ ।'

ओलीले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता उल्ट्याउन खोजेको, माओवादीको विरासत झल्काउने संविधान र परिवर्तनका एजेण्डा भत्काउन संसद विघटन गरेको दाहालको आरोप थियो । तर, त्यसलाई परास्त गरेको उनले दाबी गरे ।

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार