एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अस्पताल भर्ना

बुधबार, असोज १३, २०७८

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)  का अध्यक्ष माधवकुमार नेपाल आज महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका छन् ।  अध्यक्ष नेपाललाई ज्वरो र खोकीको समस्या देखिएको छ । केही दिन आरामसहित उपचार गर्नुपर्ने भएकाले पूर्वप्रधानमन्त्री नेपाललाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए। अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँको उपचारमा अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दाससहितको टोली संलग्न रहेको गौतमले बताए ।  स्वास्थ्य संवेदनशीलताका कारण उनीसँग अस्पतालमा भेटघाट गर्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  २२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार