जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, चाँडै प्रधानमन्त्री बन्ने

बुधबार, असोज १३, २०७८

    टोकियो । जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित हुुनुभएको छ । लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी)को निर्वाचन समितिले बुधबार उनलाई निर्वाचित भएको घोषणा गरेको हो ।  जापानका पूर्वविदेशमन्त्री समेत रहेका किशिडाले २५७ मत ल्याएर जित हासिल गर्नु भएको निर्वाचन समितिले जनाएको छ । उनका प्रतिश्पर्धी तारो कोनोले भने १७० मत ल्याएका थिए । नव निर्वाचित अध्यक्ष किशिडा पार्टीको संसदीय दलको अध्यक्षसमेतमा निर्वाचत भइ प्रधानमन्त्रीसमेत हुने सम्भावना रहेको छ । आगामी अक्टोबर ४ तारिखका दिन उहाँ प्रधानमन्त्रीमा निर्वार्चित हुने देखिएको अधिकारीहरुले जनाएका छन् । 
उनले वर्तमान प्रधानमन्त्री योशिहिडे सुगालाई विस्थापित गर्ने छन् । सुगाले पार्टी अध्यक्षमा उम्मेदवारी नदिएपछि किशिडाले निर्वाचित हुने मौका पाएका हुन् । सरकारलाई प्रभावकारीरुपमा सञ्चालन गर्न नसकेको र कोरोनाभाइरसको महामारीको सन्तोषजनक व्यवस्थापन गर्न नसकेकोभन्दै आलोचना भएपछि सुगाले प्रधानमन्त्रीबाट आफैँ पछि हट्ने निर्णय गरेका हुन् । उनी प्रधानमन्त्री भएको झण्डै एक वर्षमै बिदा हुन लागेका हुन् । नवनिर्वाचित अध्यक्ष किशिडा अहिले ६४ वर्षका छन् । उनको जन्म टोकियोकै  शिबुया सहरमा भएको हो । सन् १९९३ देखि प्रतिनिधिसभाको सदस्य छन् । सन् २०१२ देखि २०१७ सम्म विदेश मन्त्री बनेका किशिडा आफ्नो पार्टीको नीति अनुसन्धान परिषद्को अध्यक्ष पनि भएका थिए ।  जापानको राजनीतिक परिवारका सस्य किशिडाका बुवा र हजुर बुवासमेत प्रतिनिधिसभाको सदस्य थिए ।

जापानमा शक्तिशाली भूकम्प
    
जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।  जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन नपाएको अधिकारीले जनाएका छन् ।
स्थानीय समयअनुसार बेलुका ५.३७ बजे भूकम्प आएको विभागले जानकारी दिएको छ ।   भूकम्प आएपनि आँधीको सम्भावना भने नदेखिएको अधिकारीले जनाएका छन् ।–सिन्ह्वा

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार