मङ्गोलियामा कोभिड–१९ सङ्क्रमित सङ्ख्या तीन लाख नाघ्यो

बुधबार, असोज १३, २०७८

 उलान बाटोर । मङ्गोलियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या तीन लाख नाघेको छ । गत २४ घण्टामा दुई हजार ५१५ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि कूल सङ्क्रमतिको सङ्ख्या तीन लाख एक हजार ४३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मङ्गलबार यहाँ कोरोना सङ्क्रमणबाट ६० वर्षभन्दा माथिका १९ बिरामीको मृत्यु भएको थियो । योसँगै मङ्गोलियामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार १८५ पुगेको छ । मङ्गोलियामा  करिब  ३४ लाख अर्थात कूल जनसङ्ख्याको ६५ प्रतिशतलाई पूरा डोज खोप लगाइएको छ । यहाँँ कोभिड–१९ नयाँ स्वरुपको रुपमा आएको डेल्टा भाइरसको सङ्क्रमण जारी रहेको छ । यहाँ  दैनिकरुपमा दुई हजारभन्दा बढी सङ्क्रमित थपिनुका साथै करिब २० जनाको मृत्यु हुने गरेको जनाइएको छ ।–सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार