सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । बेलायतमा मङ्गलबार एकै दिनमा ३४ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा ती सङ्क्रमित थपिएका छन् । यहाँ मंगलबार मात्र ३४ हजार ५२६ जना सङ्क्रमित भेटिएका थिए । अघिल्लो दिन यहाँ ३७ हजार जना सङ्क्रमित पाइएको बताइएको थियो । तर मङ्गलबार भने ३४ हजार जनामा झरेको पाइएको छ । बेलायतका अधिकारीले भने यहाँ हरेक दिन सङ्क्रमित बढ्दै गएको बताएका छन् । मङ्गलबार सो सङ्ख्या केही कमी आएको हो । त्यसै गरी यहाँ गएको २४ घण्टा यतामात्र १६७ जनाको यो सङ्क्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या एक लाख ३६ हजार ३७५ जना पुगेको पनि बताइएको छ । यहाँ अहिलेसम्म ७७ लाखभन्दा बढी मानिस सङ्क्रमित भएका छन् । लन्डनमा कोभिड–१९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीले जनाएका छन् । अधिकारीले यहाँ पछिल्ला केही दिनयता सङ्क्रमित थपिने र मृत्युको सङ्ख्या पनि बढ्न थालेको जनाएका छन् । उनीहरुले यहाँ हरेक दिन ३० हजारभन्दा पनि बढी सङ्क्रमित थपिने गरेका जानकारी दिएका छन् ।–सिन्ह्वा